गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण
"४ वटा चारपाङग्रे गाडी र विभिन्न ब्राण्डका २८ थान मोटरसाइकल हस्तान्तरण "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेको छ।
प्रदेश सरकारले ४ वटा चारपाङग्रे गाडी र विभिन्न ब्राण्डका २८ थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।
जनताका सुरक्षार्थ खटिने प्रहरीको सेवा प्रवाहलाई छिटोछरितो बनाउने उदेस्यले प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा प्रदान गरिने मोटरसाइकलको चावी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले प्रदान गरेका सवारी साधनहरुमा टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, टिभिएस अपाचे ५ र बुलेट ५ थान) रहेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षालगायत अपराध अनुसन्धानमा सुरक्षाकर्मीलाई सहज होस भन्ने उदेस्यले सवारी साधनहरूको ब्यवस्था मिलाईएको बताए। उनले प्रहरीको काम कारवाहीमा चुस्तता प्रदान गर्ने र मनोबल समेत वृद्धि हुनेमा विश्वास व्याक्त गरे ।
मुख्यमन्त्री गुरुङले सरकारको कार्य सफल हुनका लागि संयन्त्रहरू स्रोतसाधनयुक्त हुनुपर्ने बताउँदै समुदायस्तरमा खटिने प्रहरी कर्मचारीलाई प्रदेश सरकारले आवस्यक साधनको ब्यवस्था मिलाएको बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्य आवस्यकता रहेको बताए ।
उनले प्रदेश सरकार आफ्नो स्थापनाकालदेखि नै प्रहरी ईकाइहरूलाई स्तरवृद्धि गरी स्रोतसाधनले मजबुद बनाउने गरी योजना अगाडी बढाएको बताए।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश सरकारको अपेक्षा अनुसार स्रोत साधनयुक्त प्रहरी कर्मचरीबाट समाजमा अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास ब्याक्त गरे।
उनले प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान जस्ता संवेदनशील विषयमा प्रहरीले निष्ठापूर्वक कार्य गर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले शान्ति सुरक्षा र सुशासनको पूर्ण अनूभुति गर्ने नागरिकको चाहना पूरा गर्न सवारी साधन महत्वपुर्ण रहेको बताए ।
Related