सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ।
मेलम्ची नगरपालिका–११ मा गएराति गएको पहिरोमापरी वेपत्ता भएका ८ जनामध्ये जनाको शव फेला परेको छ ।
शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए।
पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।
पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए।
यस्तै सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका २, बरूवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ।
घरमा सुतिरहेको अवस्थामा पुरिएर यज्ञबहादुर कस्तरी र उनकी श्रीमती लक्ष्मी शिलवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Related