कोरोनाका कारण विराटनगरमा एक वृद्धको ज्यान गएको छ । ७७ वर्षीय वृद्धको आज मृत्यु भएको हो ।
उपचारका लागि सोमबार बिहान उनलाई आइसोलेसनमा लगिएको थियो । विराटनगर महानगरपालिका–५ स्थानीय ठेगाना भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
योसँगै देशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दास बताए ।
मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

Related