चितवनमा होम क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, कोरनो संक्रमणको आशंका
तपाईको प्रतिक्रिया





चितवनमा एक व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको छ ।
पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा घर बनाउने ठेकेदारले ल्याएका बाराका एक व्यक्तिको गयराति मृत्यु भएको हो ।
होम क्वारेन्टिनमै मृत्यु भएको व्यक्ति बाराको कलैयाका रहेको खैरहनी नगरपालिका ६ का वडाध्यक्ष रामशरण पाण्डेले जानकारी दिए।
मृतक व्यक्तिको शव भरतपुर अस्पताल पठाउन लागिएको पाण्डेले जानकारी दिए।उनको भरतपुरमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ।
यस्तै मृतकसंगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने वडाध्यक्ष पाण्डेले जानकारी दिए।
यसअघि कालिका नगरपालिका–८ का एक पुरुषको पनि होम क्वारेन्टिनमै मृत्यु भएको थियो।
Related