बागलुङमा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु, ५ जना पक्राउ
"जंगलमा भरुवा बन्दुक पड्किएर मृत्यु "
तपाईको प्रतिक्रिया





बागलुङ गलकोटमा बन्दुक पड्कीदा १ जनाको मृत्यु भएको छ।
गल्कोट नगरपालिका–१० रमुवामा भरुवा बन्दुक पड्किएर १५ बर्षिय मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए।
मगरको घरदेखि ३ घण्टा टाढा जंगलमा भरुवा बन्दुक पड्किएर मृत्यु भएको निरिक्षक केसीले बताए।मगरसँगै जंगलमा गएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निरिक्षक केसीले पाँच जनालाई हटिया प्रहरी चौकीको टोलीले पक्राउ गरि अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याउँदै गरेको उनले जानकारी दिए।
Related