गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने
"२०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय "
तपाईको प्रतिक्रिया





कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।
सरकारले २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को संख्यामा सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए ।
निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ को स्वाब संकलन गरिएको छ ।२४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ ।
प्रदेशमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये एक हजार ३६२ निको भएका छन् ।क्वारेन्टाइनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ जना रहेका छन् ।
Related