गण्डकी प्रदेश सरकारले आवस्यक आइसोलेशनको ब्यवस्था नगर्दा संक्रमित घरमै बस्न बाध्य
"कोरोना डेडिकेटड अस्पतालकारुपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसन वार्ड भरिएपछि तनाब शुरु "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशको कोरोना डेडिकेटड अस्पतालकारुपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसन वार्ड भरिएपछि तनाब शुरु भएको छ।
जनताको सेवा र विकास निर्माणलाई तीव्रता दिने उदेस्यले तीन तहका सरकार बनेपनी कोरोना महामारीको करिव सवाचार महिनाको अबधि वितिसक्दा समेत प्रदेश र स्थानीय सरकारले आबस्यक आइसोलन निर्माणमा समेत चुकेका हुन् ।
जनताको पहिलो आवस्यकता रहेको स्वास्थ्य सेवाको समेत प्रबन्ध मिलाउन नसकेपछि गण्डकी प्रदेशका संक्रमितहरु जोखिम मोलेर घरमै बस्न बाध्य बनेका छन् ।
पोखरामा कोरोना संक्रमितहरुलाई राख्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थितमा निर्माण गरिएको आइसोलेशन वार्ड भरिएको हो ।
सो वार्डको क्षमता ४० जनाको मात्र छ । पोखरामा बुधबार र बिहीबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् ।
क्षेत्रिय अस्पतालमा रहेको आइसोलेसन भरिएपछि पोखरा महानगरपालिका वडानं ८ का ५ जना संक्रमितलाई घरमै राखिएको छ।
संक्रमितहरुलाई आइसोलेसनमा नलगी उनीहरुकै घरमा राखिएपछि वरीपरीका छिमेकीहरुमा समेत संक्रमणको त्रास बढेको छ।
प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पतालमा आइसोलेसनको क्षमता बढाउन नसके थप संक्रमित राख्ने अवस्था छैन।
निको भएका विरामीलाई घर फर्काएर केही सिट व्यवस्था गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। होम आइसोलेसन कार्यविधि बनेको भन्दै संक्रमितलाई घरमै राख्ने योजनामा सरकार छ ।
होम आइसोलेसनमा बस्न सक्नेहरुलाई होम आइसोलेसनमा नै बस्न सुझाव दिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निर्र्दशक बाबुराम आचार्य बताउँछन् ।
कास्की कै लेखनाथस्थित लेखनाथ लायन्स अस्पताल पनि विशेष अस्पतालको रुपमा काम भइरहेको उनले बताए ।
केही दिनमा त्यसको काम पूरा भएपछि संचालनमा ल्याउने तयारी भइरहेको आचार्यले जानकारी दिए ।गण्डकी प्रदेशमा ट्राभल हिस्ट्री नभएका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
एकातिर संक्रमित बढदै आने र आर्को तर्फ जिम्मेवार निकायले समयमै आबस्यक पूर्वाधारको ब्यवस्था नगरेपछि जनतामा त्रास उत्पन्न भएको छ।
Related