प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित अन्य ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एउटाबाहेक सबै मन्त्रालयको सम्पूर्ण काम ठप्प भएको छ ।
बुधवार मन्त्रीसहित मन्त्रालयमा कार्यरत ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो ।
यद्यपि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने खुलै रहेको छ ।
सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय बुधवारदेखि नै बन्द गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरूमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई दृष्टिगत गर्दै कार्यालय बन्द गरिएको जानकारी दिए ।

Related