पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको अन्त्येष्टि गरिएको छ ।
उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो। नेपाली सेनाको सहयोगमा शव अन्त्येष्टि गरिएको हो ।
यसअघि पोखरामा ज्यान गुमाएका स्याङ्जाका दोस्रो संक्रमितको वडाको समन्वयबिनै शव अन्त्येष्टिका लागि ल्याइएको भन्दै स्थानीयले विरोध जनाएका थिए । प्रहरीले अश्रु ग्याँस हानेर अवरोध पन्छाउँदै जबर्जस्ती शव अन्त्येष्टि गरिएको थियो।
पोखरामै कोरोनाबाट पहिलो मृत्यु भएको शव पोखरा ११ र २० को सीमा सेती नदी किनारमा अन्त्येष्टिको लागि लगिएकोमा स्थानीयले विरोध जनाएका थिए । त्यसबेला प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो।
पोखरामा तेस्रो कोरोना संक्रमित पोखरा १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा गएराति मृत्यु भएको हो।
गत साउन १७ मा उपचारार्थ आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको कन्ट्याक्ट टे«सिङका क्रममा अन्य ६ जना पनि संक्रमित भेटिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानल जनाएको छ ।
पोखरा १९ सहित वडा १६ क्षेत्रमा अहिले सतर्कता अपनाइएको छ । सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन वडावासीलाई आग्रह गर्दै वडा ‘सिल’ गरिएको छ।
गण्डकीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना छन्।

Related