• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा थप ८ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ६ सय २०

"पोखरामा गरिएको कुल ५६३ नमूना परिक्षणमा नयाँ ८ जना संक्रमित थपिए "
  •    नरहरि पौड्याल  /२६ श्रावण २०७७, सोमबार १२:०७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा ८ नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको हो ।

    गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा कास्कीको पोखरा महानगरपालिकामा २, पर्वत १, तनहुँ २, स्याङजा १ र नवलपरासी पूर्वमा २ जना रहेकाछन् ।

    कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
    योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ।

    गण्डकी प्रदेशमा २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको कुल ५६३ नमूना परिक्षणमा नयाँ ८ जना संक्रमित थपिएका हुन्।

    प्रदेश अन्तरगतका क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ जनाको नमुना परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

    प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ४ सय ७० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४४ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ६ सय २० मध्ये अहिले सम्म १ हजार ३ सय ९० पुरुष र १ सय ९२ महिला रहेका छन् ।

    प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।

    गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।

    गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ।

    मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.