२४ घण्टामा थप ६ सय ३८ संक्रमित, ४ लाख ६२ हजार ६ सय ९८ जनाको कोरोना परीक्षण
तपाईको प्रतिक्रिया





देशभर गत २४ घण्टाको अवधिमा ६ सय ३८ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनका अनुसार ७ हजार २ सय १ जना सक्रिय संक्रमित पुगेका छन् ।पछिल्लो २४ घण्टामा १ सय ७१ जना निको भएका छन् ।
हालसम्म १६ हजार ६ सय ६४ जना कोरोना पुष्टि भएको छ। २४ घण्टामा १ हजार ४ सय ६२ को पीसीआर परीक्षण गरिएको छ ।
अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।
Related