थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो
"१० हजार ४ सय ८१ जनाको पीसीआर परिक्षण "
तपाईको प्रतिक्रिया





नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थप ४ सय ८४ मा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
२४ घण्टामा थप ६७ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
नेपालमा हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Related