• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संयोजक चालिसेद्वारा प्रेस युनियन कास्कीलाई ज्याकेट सहयोग

  •    शुभेच्छा न्यूज  /२९ श्रावण २०७७, बिहीबार १६:३८ ,  प्रकाशीत
  • जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक, समाजसेवी बसन्त चालिसेले नेपाल प्रेस युनियनकास्कीलाई ५० थान प्रेस ज्याकेट प्रदान गरेका छन् ।

    नेपालीकाँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री शुसील कोइरालाको जन्म जयन्तिपारेर बुधबार ज्याकेट हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमकी प्रमुखअतिथिसंविधान सभा सदस्य शारदा पौडेल र संयोजक बसन्त चालिसेले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई ज्याकेट हस्तान्तरण गरेका थिए ।

    पत्रकारको पहिचानका लागि र पत्रकारलाई प्रोत्साहन गर्न ज्याकेट प्रदान गरेको चालिसेको भनाइ छ । मलाइ पत्रकारिता क्षेत्र सारै मन पर्छ, संयोजकचालिसले भने, पत्रकारले समाजकालागिनिर्वाह गरेको भूमिकालाई सबैले सम्मान गर्नु पर्छ ।

    प्रदान गरिएका ति ज्याकेट सोही कार्यक्रममा २७ जना पत्रकारलाई वितरण गरिएको थियो ।

    कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेलले लोकतन्त्र स्थापनाका लागि संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

    जीपी कोइराला फाउण्डेशन गण्डकीकी संयोजक समेत रहेकी पौडेलले पत्रकारिता क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

    नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवं कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले पत्रकार र पत्रकारिता क्षेत्रको संरक्षणमा सरकारको विशेष योजना आवश्यक रहेको औल्याए ।

    नेपाली काँग्रेस क्षेत्र नं २ (क) कास्की सभापति विजय राज आचार्यले कोरोना महामारीको समयमा पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले महामारीको बेला समेत पत्रकारले जनतालाई सुुसुचित गर्दै कर्तव्य पूरा गरेको उल्लेख गरिन् ।

    जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ कास्कीका संयोजक बसन्त चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य चन्द्रावती वाग्लेले स्वागत र सदस्य शिव बास्तोलाले संचालन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.