नेविसंघद्धारा बहुप्राविधिक विद्यालयको निर्देशक छनौंट विरुद्ध अख्तियारमा उजुरी
"बहुप्राविधिक विद्यालयको निर्देशक छनौंटमा विधि र प्रक्रिया मिचेको भन्दै अख्तियारमा उजुरी "
तपाईको प्रतिक्रिया





नेपाल विद्यार्थी संघ,कास्कीले पोखरा महानगरपालिकाका विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेको छ ।
नेविसंद्य कास्कीका निर्वतमान सभापति विकास थापाले महानगरपालिकाले बहुप्राविधिक विद्यालयको निर्देशक छनौंटमा विधि र प्रक्रिया मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखरामा उजुरी दिएको हुन् ।
थापाले उजुरीमा “पोखरा महानगरपालिकाद्वारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा मेयर मानबहादुर जिसीले नियुक्ति गर्न छोटो अवधि दिएर निर्देशक पदको आव्हान गरिएको” उल्लेख गरेका छन् ।
उनले आफ्नो उजुरीमा ‘गाउँबाट आएर यति छोटो समयमा निर्देशक पदका लागि आवेदन दिन सक्ने अवस्था नै नरहेको” जिकिर पनि गरेका छन्।
उजुरीमा छोटो म्याद राखिएको र अनलाइन फर्म लिने व्यबस्था नगरि आफ्ना कार्यकर्तालाई सेटिङमा जागिर खुवाउन जर्वजस्ती पद सिर्जना गरिएकाको छानविनको माग गरिएको छ ।
गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ मा निर्देशक पदको लागि कुनै शैक्षिक योग्यता नतोकिएको र सोही पदमा नियुक्ति लिन
मेयरका पिए लक्ष्मण तिमिल्सिनाले मेयरको स्वकीय सचिब पदबाट राजिनामा दिएको अवस्थामा उनी नै निर्देशक हुने चर्चा चलेको कुरालाई पनि थापाले आफ्नो उजुरीमा उल्लेख गरेका छन्।
Related