• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

"कास्कीमा कोरोना संक्रमितको संख्या १ सय ९९ "
  •    शुभेच्छा न्यूज  /३१ श्रावण २०७७, शनिबार ०९:५४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमित थपिएका छन् ।

    कास्कीमा ३, तनहुँ र बाग्लुङमा २/२ जना, गोरखा र स्याङजामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा १/१ जना पुरुष र वडा नम्बर ८ मा १५ बर्षिय युवतीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । यो सगँ कास्की जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ ।

    त्यसै गरी तनहुँको भानुमा दुई जना पुरुष, बागलुङको बाग्लुङ र बडिगाड एक/एक पुरुष गोरखामा एक महिला र स्याङजाको पुतलीबजार एक पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए ।

    तनहुँमा अहिले सम्म २ सय १२, बागलुङमा २ सय ६५, गोरखामा १ सय १७, स्याङजामा २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ९२ जनामा कोरोना देखिएको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ५ सय ९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४४ रहेको छन।प्रदेशमा संक्रमण भएका १ हजार ६ सय २० मध्ये अहिले सम्म १ हजार ३ सय ९० पुरुष र १ सय ९२ महिला रहेका छन् ।

    प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।

    गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन ।

    हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ।

    मृत्यु हुनेमा कास्कीको पोखरा १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.