गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार संक्रमित व्यक्ति पर्वतको बिहादी गाउँपालिका ५ का ३५ वर्षीय पुरुष रहेका छन । उनलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले बताए ।
आइतबार बिहान मात्र गण्डकी प्रदेशमा १५ जना संक्रमित फेला परेका छन् । यो सहित गण्डकी प्रदेशमा आइतबार संक्रमितको संख्या १६ पुगेको छ।
यस्तै गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १ हजार ५ सय २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा १ हजार २ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ जनाको नमूना परीक्षण गरिएको छ ।

Related