काँग्रेसद्धार गण्डकी प्रदेश सभा अबरुद्ध प्रदेश सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको आरोप
"जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ।
सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको आरोप लगाउदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभाको आइतबारको बैठक अवरुद्ध गरेको हो ।
गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदिय दलका नेता कृष्ण चन्द्र पोखरेल नेपालीले सरकार कोरोना नियन्त्रण र काँग्रेसले संसदमा उठाएका जनसरोकारका आवाजहरु प्रति गम्भिर नभएको भन्दै संसद अबरुद्ध गर्न बाध्य भएको बताउँछन् ।
आफूहरुले पटकपटक स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको छ ।
यसै गरी काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा साँसदबीच विभेदपूर्ण व्यवहार भएको आरोप लगाएको छ।
आइतबार सवा १ बजे सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको जनाउ गरेलगत्तै कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गण्डकी प्रदेश सभाको आइतबारको बैठक अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अवरोध गर्नुको कारणबारे सदनलाई जानकारी गराउन आग्रह गर्दा दलको तर्फबाट भनाइ राख्दै नेता नेपालीले त्यस्तो आरोप लगाएका हुन् ।
नेता नेपालीले नेपाली काँग्रेसले पीसीआर परीक्षण बढाउन पर्यो भन्ने लगायतका माग राख्दा दिने र लिने जस्तो ब्यवहार सरकारले देखाएको आरोप लगाए ।
प्रदेश सरकारले प्रदेशको राजधानीमा सञ्चालन गरेको आइसोलेसनमा उचित खाना र पानी नपाएको र किनेर खान्छु भन्दा पनि नपाएको भन्ने खबर सार्वजनिक रूपमा आएको भन्दै कोरोना नियन्त्रण व्यवस्थापनमा सरकार संवेदनशील नभएको आरोप समेत नेता नेपालीले लगाए ।
Related