पोखरामा थप २२ सहित गण्डकी प्रदेशमा २९ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ७ सय ३५
"परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा २९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीका २२ जना, स्याङजामा २ र तनहुँका ५ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५१ र ५२ बर्षिय पुरुष, वडा नम्बर ३२ मा ८६ बर्षिय महिलामा, वडा नम्बर २८ मा ३८ बर्षिय पुरुषमा, वडा नम्बर २६ मा ५३ पुरुषमा कोरोना देखिएको शर्माले बताए ।
त्यसै गरी वडा नम्बर ५ कि ३३, ३७, ३८, ५२ र ६७ बर्षिय एक महिला र ४१, ६४ र ७५ बर्षिय पुरुषमा कोरोना देखिएको हो । त्यसै गरी वडा नम्बर १६ मा १८, २२ र ३० बर्षिया पुरुष र २२ र ५० बर्षिय महिलामा, वडा नम्बर १५ का एक पुरुष र महिला, वडा नम्बर १४ मा ३७ बर्षिय एक पुरुष, वडा नम्बर ७ मा ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।
यो सगँ कस्कीमा २ सय ३० जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरि तनहुँको भानुका ३० बर्षिय पुरुष, व्यासका ९ बर्षिय बालक रहित ४० बर्षिय पुरुष, १३ बर्षिय बालिका सहित ३६ बर्षिय महिलामा संक्रमण देखिएको हो ।
तनहुँमा यो सगँ २ सय १७ जनामा कोरोना संक्रमण देखिसकेको छ । स्याङजाको पुतलीबजारका दुई महिलामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय ३५ जनामा पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ४ सय ९३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४४ रहेको छन। १ हजार ५ सय २७ जनामा निको भएर घर फर्किएका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।
Related