काँग्रेसद्धारा गण्डकी प्रदेश सभा बैठक अवरुद्ध, ९ गते सम्मको लागि बैठक स्थगित
"कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रदेश सभाको बैठक अबरुद्ध "
तपाईको प्रतिक्रिया





प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठक अबरुद्ध गरेको छ ।
सभाको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभा स्थगित भएको हो।
प्रमुख प्रतिपक्षी दलको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक भदौ ९ गते सम्मकालागि स्थगित भएको घोषणा गरेका छन/
आफ्नो मागबारे पटक–पटक सदन स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो ।
कोराना नियन्त्रणसम्बन्धी समेटेर प्रस्तुत गरेको चारबुँदे संकल्पमा उल्लेखित विषय तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा साँसदबीच समान व्यवहार गर्नुपर्ने काँग्रेसको माग छ ।
काँग्रेसको संकल्प प्रस्तावमा ‘एक घर एक पिसिआर’ व्यवस्था हुनुपर्ने, जिल्लामा स्थापित क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप गराइनुपर्ने, आइसोलेसन बेडको उचित प्रबन्ध गर्नुपर्ने र कोरोना संक्रमितको निधन भएमा उचित व्यवस्थापनको चाँजोपाँजो
मिलाउनुपर्ने माग उल्लेख छ । सो प्रस्ताव यसअघि संसद्बाट बहुमतले अस्वीकृत भए पनि जनताले भोग्नुपरेका समस्या जस्ताको तस्तै रहेको भन्दै काँग्रेसले माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ ।
यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष र समानुपातिक सांसदबीच समान व्यवहार हुनपर्ने काँग्रेसले जनाएको छ ।
Related