थप ५८१ जनालाई कोरोना संक्रमण पुष्टि,२४ घण्टामा १५९ जना डिस्चार्ज
"रौतहट,मोरङ र काठमाडौंका तीनको कोरोनाबाट मृत्यु "
तपाईको प्रतिक्रिया





नेपालमा थप ५८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१पुगेको छ ।थपिएका संक्रमितमा १७३ जना महिला र ४०८ जना पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाबाट तीनको मृत्यु भएको बताए ।
रौतहट,मोरङ र काठमाडौंका तीनको कोरोनाबाट मृत्यु भएको उनले बताए ।योसँगै संक्रमणका कारण १०७ को मृत्यु पुष्टि भएको छ ।
गौतमका अनुसार २४ घण्टामा ११ हजार ५२० को परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् ।
जसमध्ये काठमाडौं जिल्लामा १०९ जना, ललितपुर जिल्लामा १५ र भक्तपुर जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।
Related