पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन्। पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।
उनका अनुसार गत साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई उनी अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए।
कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेकामा मृत्यु भएको अस्पतालले जनाएको छ।
ती पुुरुषमा कोरोनासहित मधुमेह, रक्तचापलगायत रोगको समस्या रहेको बताइन्छ। हालसम्म पश्चिमाञ्चल अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारका क्रममा गए राति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए
यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related