एकै दिनमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८ हजार २५७ पुग्यो
"कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ "
तपाईको प्रतिक्रिया





नेपालमा थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।
Related