पोखराको ग्यालेक्सी हस्पिटलमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ
"क्षयरोग केन्द्रमा गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ "
तपाईको प्रतिक्रिया





पोखराको ग्यालेक्सी अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना रिपार्ट नेगेटिभ आएको छ।
पोखराको बुद्धचोकस्थित रहेको ग्यालेक्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी तनहुँ बन्दीपुर गाउँपालिकाकी युवतीको रिपोर्ट नेगेटिभ आएको हो ।
पोखरा क्षयरोग केन्द्रमा गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
तनहुँ र भरतपुरस्थित एक अस्पतालमा उपचार गर्दा पनि स्वास्थमा सुधार नआएपछि मंगलबार बिहान पोखरा ल्याइएकोमा ती युवतीको उपचारको क्रममा मृत्यु भएको थियो ।
पोखराको ग्यालेक्सी हस्पिटल ल्याएको ४५ मिनेटमै उनको मृत्यु भएको थियो ।
Related