नमस्ते अस्पतालका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ,अस्पतालका सवै सेवा शुचारु
"पीसीआर परिक्षणका स्वाब दिएका अस्पतालका २० जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ "
तपाईको प्रतिक्रिया





पोखरा विरौंटास्थित नमस्ते अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुको कोरोना भाइरसको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
गत शनिबार अस्पतामा उपचाररत एक विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विरामीको सम्र्कमा आएका अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको पीसीआर परिक्षणका लागि स्वाब लिएर उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
पोखरा महानगरपालिका ३२ की एक वृद्ध महिलामा उपचरका क्रममा कोरोना संक्रमण देखिएपछि अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको थियो ।
सामान्य ज्वरो र पखाला लागेर अस्पताल आएकी महिलालाई उपचारपछि घर पठाएकोमा ज्वरो नियन्त्रण नभएपछि पुनः अस्पताल आएपछि भर्ना गरिएको थियो ।
त्यसपछि अस्पतालले उनको कोरोना परिक्षणका लागि स्वाब संक्रलन गरि परिक्षणका लागि पठाएकोमा कोरोना संक्रमण देखिएको थियो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. केशव शर्माले पीसीआर परिक्षणका स्वाब दिएका अस्पतालका २० जना स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ आएको बताए ।
‘हामीले शुरुदेखि नै विरामीको परिक्षणका क्रममा आबस्यक सावधानी अपनाएका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मीमा संक्रमण भएन’ उनले भने ।‘उपचारमा संलग्न चिकित्सक र सम्पर्कमा रहेका सवै स्वास्थ्यकर्मीमो पीसीआर रिपार्ट नेगेटिभ आएको छ। पीसीआर परिक्षण पछि सवै सुरक्षित भएको प्रमाणीत भयो ।’
प्रबन्ध निर्देशक डा. शर्माले अस्पतालमा बन्द गरिएका सेवाहरु निर्मलीकरण गरेर शुचारु गरिएको बताए।
‘अस्पतालमा बन्द भएका वार्डहरुमा पटक पटक सेनिटाइज गरेर सवै सेवा सञ्चालनमा ल्याएका छौं’ उनले भने ।
Related