पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण
"गण्डकी प्रदेशमा १ हजार ८ सय १८ जनामा कोरोना संक्रमण "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीका ३, तनहुँका २ र स्याङजाका १ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षिया बालिकालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए ।
त्यसै गरि पोखरा ८ की ४२ बर्षिय महिला, तनहुँ भानुका दुई जना पुरुष र स्याङजा गल्याङकी ४० बर्षिय महिलामा कोरोना पुष्टि भएको शर्माले बताए । यो सगँ गण्डकी प्रदेशमा १ हजार ८ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस मध्ये १ हजार ५ सय ७२ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
Related