पोखरामा निषेधाज्ञा ; तेस्रो दिन पनि सुनसान पोखराका सडकहरु (फोटो फिचर )
"१ सय ७० भन्दा बढि सवारीसाधन कारवाहीमा "
तपाईको प्रतिक्रिया





कोरोना संक्रमणम तीव्र भएपछि प्रशासनले कास्की जिल्लामा जारी गरेको निषेधाज्ञाको तेस्रो दिन पनि पोखरा सुनसान छ ।
शुक्रबार पोखरामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलेका छैन भने मानिसहरुको आवतजावत पनि निकै कम छ ।
पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ७ गते राति सम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
लकडाउन खुलेसंगै पोखरामा पनि चहलपहल बढेको थियो । विस्तारै मानिसहरु आफ्नो दैनिकीमा फर्किन थालेका थिए । तर पछिल्लो समय फेरी संक्रमणको क्रम बढेपछि नागरिकमा त्रास पैदा भएको छ ।
पोखरा क्षेत्रका मुख्यमबजार महेन्द्रपुल, चिप्लेढुङा, नयाँबजार, न्यूरोड, पृथ्बीचोक बजार ठप्प भएका छन् । पहिलो दिन देखिनै पोखराको यातायात, व्यापार व्यवसाय, कलकारखाना सबै बन्द भएका छन् ।
प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाध्यान्न, तरकारी, फलफुल, माछामासु र दुघजन्य बस्तु बिक्री गर्नेपसल खोल्न छुट दिएको छ । आशिंक रुपमा चले पनि अधिकांश पसल बन्द थिए ।
पोखरा बजार क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरेका आरोपमा सयौ सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ।
तेस्रो दिन सम्म आइपुग्दा समेत पोखराको बजार क्षेत्र सुनसान छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकिङमा कडाई गरिएको छ ।
प्रहरीले बजारको मूख्य चोकमा गरेको कडाईमा दर्जनौ सवारी साधन नियन्त्रणमा लिएको छ । अहिलेसम्म करिब सय मोटरसाइकलको चाबी प्रहरीले लिएको छ ।
त्यस्तै, पोखरा चारपाङग्रे सवारीका चाँबी समेत नियन्त्रणमा लिइएको छ। बजारमा फाटफुट रुपमा चारपाग्रे र दुइपाग्रे सवारी सडकमा देखिन्छन् ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र चेकजाच गरिरहेका छन् ।
मालवाहक सावारी, दुध बोक्ने गाडी, स्वास्थ्यकर्मीका सवारी, एम्बुलेन्स, खानेपानी बोक्ने लगायतका सवारीमात्र भने निर्वाध चलिरहेका छन् ।
निषेधाज्ञामा कास्कीमा जनताहरुले पूर्णरुपमा सहयोग गरेको कास्की प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए ।
उनल कोरोना संक्रमणको जोखिमबाट जोगिन जनालाई निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न आग्रह गरे ।
निषेधाज्ञामा बिनाकाम संचालन भएका केहि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई सचेत गराएर फर्काउने गरेका छ।
पोखराका मुख्य मुख्य चोकहरुमा चेक जाँचलाई कडा बनाइएको र कास्की छिर्ने मुख्य मुख्य नाकाहरुमा कडाइ गरि निषेधाज्ञालाई प्रभावकारी बनाइएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले बताए ।

पोखरामा निषेधाज्ञा तोड्ने अहिले सम्म १ सय ७० भन्दा बढि सवारीसाधन कारवाहीमा परेको उनले बताए ।
Related