• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पछिल्लो समयमा भएका घटनाप्रति ‘मातृभूमिका लागि नेपाली अभियान’को गम्भीर ध्यानाकर्षण

  •    शुभेच्छा न्यूज  /६ भाद्र २०७७, शनिबार २१:३२ ,  प्रकाशीत
  • मातृभूमिका लागि नेपाली अभियानले पछिल्लो केही दिन यता नेपालमा भइरहेका अस्वाभाविक तथा आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    अभियानका प्रचार विभाग प्रमुख भवानी प्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै एक रहस्यमायी ढंगले राष्ट्रद्रोही गिरोहले राष्ट्रिय झण्डा जलाउने र गृहयुद्ध निम्त्याउने स्तरका हर्कतसंगै मन्दिरका निर्दोष पूजारीको हत्या भएको आरोपा लगाएका छन ।

    रौतहट जिल्लाको माधवनारायण नगरपालिका २ खेसरहिया स्थित राम मन्दिरका पूजारी एवम् महन्त श्रीराम साहको हत्या भएको घटनालाई अभियानले देशमा धार्मिक सद्भाव ध्वस्त पार्ने र गृहयुद्ध निम्त्याउने नियोजित षड्यन्त्रको रुपमा लिएको जनाएको छ।

    ‘हिंसात्मक युद्धकालमा लोकप्रिय पंण्डित नारायण पोखरेल र हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीका हत्यारालाई उन्मूक्ति मिलेपछि नेपालमा धर्म बिरोधीहरुको मनोवल बढेको बढ्दै गएको अभियानको ठहर छ’ विज्ञप्तिमा भनिएको छ। ‘राष्ट्र, राष्ट्रियता, स्वधर्म, संस्कृती र राष्ट्रिय एकता बिरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा निम्ति सैह्य हुनेछैन ।’

    ‘सरकारको राज्य र राष्ट्रप्रति अलिकति पनि चासो छ भने पुजारीका हत्यारालाई तुरुन्त पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याइयोस भनी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘होइन भने धर्म बिरोधी सरकार नियोजित रुपमै यस्ता कुकृत्यमा सम्लग्न रहेको ठहर गर्दै उचित कारवाहीका निम्ति जनता आफै अग्रसर हुने चेतावनी दिन चाहन्छौं ।’

    त्यसैगरीे नेपालको राष्ट्रिय झण्डा जलाउनुको साथै राष्ट्रिय एकता, धार्मिक र जातिय सद्भाव भत्काउँदै गृहयुद्धको पृष्ठभूमि बनाउने देशद्रोहीहरूमाथी हदैसम्मको कानूनी कारवाहीको समेत माग गरिएको छ।

    यस्तो कुकार्यमा सम्लग्न ब्यक्तिहरूको खोजी गरि सख्त कारवाही गर्न र देशद्रोहीका पक्षमा बोल्नेलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउन सरकार चुक्नु नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

    देश बिरुद्ध सुरु भएका हरेक षड्यन्त्रमूलक गतिबिधिमाथी तुरुन्त नियन्त्रण नभए यसले कुनै पनि बेला ‘गृहयुद्ध निम्त्याउन सक्ने र जनजीवन मात्र असहज बनाउने नभै राष्ट्रिय अस्तित्व नै खतरामा पु¥याउने भएकोले सरकार गम्भीर बन्न आग्रह गर्दै देशभक्त सबै नेपाली एकजूट हुन समेत अभियानले आग्रह गरेको छ।

    अभियानले सशक्त प्रतिरोधका निम्ति तयार हुनुपर्ने अवस्था आएकोले तम्तयार रहन आम देशभक्त राष्ट्रप्रेमी समुदायमा समेत आह्वान गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.