पोखरामा दुई महिला कोरोना संक्रमित थपिए ,गण्डकीमा संक्रमितको संख्या १ हजार ८ सय ७०
"गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकामा आईतवार विहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका दुई महिलामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु ३० र ३२ बर्षिया महिना हुन् । उनीहरुको वार्ड भने खुलेको छैन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुवै महिला भदौ १ गते सेवा अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएकी तनहुँ जिल्ला, ब्यास नगरपालिकाका ५० बर्षिय महिलाको सम्पर्कमा आएका व्यक्तिहरु हुन् ।
यी संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ ।
Related