• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा जारी निषेधाज्ञा ५ दिनका लागि थप्न सिफारिस

"१२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिनु उचित हुने निष्कर्ष  "
  •    शुभेच्छा न्यूज  /७ भाद्र २०७७, आईतवार ११:०१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका ३ भदौदेखि जारी निषेधाज्ञा अझै थप्नुपर्ने निष्कर्षमा पुगेको छ ।

    महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको आइतबार बिहान बसेको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिनु उचित हुने निष्कर्ष निकालेको हो ।

    बैठकले गरेको निर्णय आजै जिल्ला संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिए । ‘संक्रमित बढिरहेका छन् । आजको बैठकले १२ भदौसम्म निषेधाज्ञा थप्नु उचित हुने निर्णय गरेको छ । त्यसलाई जिल्ला सिसिएमसीमा पठाउँछौं । अब त्यताबाट के निर्णय हुन्छ,’ ती सदस्यले भने ।

    निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।

    प्रशासन पनि पालिका र विज्ञको सुझावअनुसार निषेधाज्ञाबारे निर्णय गर्ने मनस्थितिमा छ । आज बस्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न ३ विकल्पमा केन्द्रित रहेछ छलफल गर्नेछ ।

    हालको बन्दाबन्दीलाई कायम राख्ने, केही परिवर्तन गरेर जाने वा तत्काललाई हटाउने भन्ने ३ विकल्पमा केन्द्रित रहेर छलफल हुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.