पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
"गण्डकीमा कोरोना संक्रकितको संख्या १ हजार ८८० "
तपाईको प्रतिक्रिया





पोखरा स्वास्थ्य प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालको इमर्जेन्सी बिभागमा कार्यरत ३९ बर्षीय स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा अस्पतालको इमर्जेन्सी बिभागमा कार्यरत पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
उनि केहिदिन देखि होटल क्वारेन्टाइनमा बसेका थिए ।
उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा ल्याउने तयारी गरिएको निर्देशनालय गण्डकीले जनाएको छ ।
यसअछि आजै बिहान कास्की सेवा हस्पिटलमा कार्यरत एक जना नर्समा कोरोना पुष्टि भएको थियो ।
यससंगै गण्डकीमा कोरोना संक्रकितको संख्या १ हजार ८८० पुगेको छ ।
प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र, पोखरामा ३६३ गरि कुल ४१३ नमुना परिक्षण गरिएको छ ।
Related