• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप

"दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म "
  •    शुभेच्छा न्यूज  /७ भाद्र २०७७, आईतवार १७:१३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ।

    पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो ।

    निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान पोखरा महानगरपालिका कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते

    सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको थियो ।

    पोखरा महानगरपालिकाको सिफरीसलाई जिल्ला संकट व्यवस्थपान समिति कास्कीले अनुमोदन गर्दै निषेधाज्ञाको थप्ने निर्णय गरेको हो ।

    पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ३ गते राति १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा गरेको थियो ।

    दोस्रो चरणको निषेधाज्ञा भदौ १२ गते राति १२ बजे सम्म हुने कास्की प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

    पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने परेको उनले बताए ।

    १२ गते पछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको पोखरा महानगरको रहेको छ ।

    पोखरामा २ सय ६४ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८८ जना पुगेको छ ।

    कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ७ जना आइसोलेसनमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.