स्वास्थ्यकर्मीलाई दुरव्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
तपाईको प्रतिक्रिया





स्वास्थ्यकर्मीलाई दुरव्यवहार गर्नेमाथि कारबाही गर्न सकरकारले निर्देशन दिएको छ ।
कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुर्व्यवहारलाई कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै गृहले त्यस्ता गतिविधीमा संलग्न हुनेलाई कारबाही गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिरहेको समाचारहरु बाहिर आएपछि त्यस्ता गतिविधिको चर्को आलोचना भइरहेको छ ।
Related