कास्कीमा निषेधाज्ञाको स्वरुपा परिवर्तन, बैंकिङ र निर्माण क्षेत्रमा केही खुकुलो
तपाईको प्रतिक्रिया





कास्कीमा ५ दिनदेखि जारी निषेधाज्ञा थप ५ दिन थपिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले दिएको जानकारी अनुसार, भदौ १२ गत राति १२ बजेसम्मलाई निषेधाज्ञा थपिएको हो ।
उनका अनुसार निषेधाज्ञाको मोडालिटी केही परिवर्तन गरिएका छन् । ‘वैंकिङ क्षेत्रलाई केही खुकुलो बनाउने कोसिस गरिएको छ, बेलुकाका समयमा निर्माण क्षेत्र ढुवानीलाई समेत सहज बनाइने छ’ उनले भने ।
औषधि र खाद्यान्न पसल सहित अत्यावश्यक क्षेत्रहरु खुल्ला नै हुनेछन् ।
आज पोखरा महानगरपालिका कोरोना रोकथाम मूल समितिले ५ दिन निषेधाज्ञा थप गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।
Related