भारतविरुद्ध नेपालको लिपुलेक नजिक चीनले मिसाइल तैनाथ गर्न थालेपछि दिल्लीमा रुवावासी
तपाईको प्रतिक्रिया





नेपाल-भारतबीच सीमा विवाद चलिरहेको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नजिकै चिनियाँ सैन्य उपस्थिति बलियो भएको छ ।
झण्डै ३ हजार सैनिक जम्मा गरिसकेको चीनले नेपालको लिपुलेक नजिकै आफ्नो क्षेत्रमा मिसाइल तैनाथ गर्न थालेको छ ।
भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपाल-भारत सम्बन्ध राम्रो छैन । यहीँबीचमा चीनले लिपुलेक नजिक ठूलोमात्रामा सैन्य उपस्थिति बढाएको छ ।
मिसाइल तैनाथ गर्नका लागि मानसरोवर ताल नजिकै चीनले साइट निर्माणको कामलाई तिब्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपाल र भारतबीच विवाद चलिरहेका समयमा चीनले सैन्य बल तैनाथ गर्नुलाई भारतीय मिडियाले नयाँ दिल्लीविरुद्धको कदमको रुपमा लिएका छन् ।
ओपन सोर्स इन्टेलिजेन्सले आफ्नो ट्विटरमा स्याटेलाइट तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा भारत, चीन र नेपालको त्रिदेशीय विन्दु नजिकै मिसाइल राख्नका लागि साइट निर्माण गरिएको दावी गरिएको छ ।
चीनले जुनमा एक हजार सैनिक राखेको क्षेत्र नजिकै मिसाइल साइट निर्माणलाई तिब्रता दिएको छ । लिपुलेकको आसपासको चिनियाँ क्षेत्रमा अहिले चिनियाँ जनमुक्ति सेनाका झण्डै ३ हजार सैनिक तैनाथ भइसकेका छन् ।
जमिनबाट हावामा प्रहार गर्ने खालको मिसाइलका लागि साइट निर्माण धमाधम चलिरहेको छ । यो क्षेत्र भारतीय सीमा क्षेत्रबाट धेरै टाढा नभएको र मिसाइलको क्षमताका विषयमा पनि कुनै जानकारी नभएको भारतीय मिडियाको दावी छ ।
चीनले नेपाललाई साथ दिन खोजेको भारतीय अधिकारीहरुले टिप्पणी गरेका छन् । नेपाली जमिन अतिक्रमण गरेर भारतले ८० किलोमिटर लामो मानसरोवर जाने सडक बनाएपछि नेपालले भारतीय कदमको विरुद्ध नयाँ नक्सा जारी गरेको थियो ।
Related