कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्रयाक ओपन भदौ भित्रै
"फलेबास देखि अर्मादी सम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महिनाभित्रै सकिने "
तपाईको प्रतिक्रिया





पर्वत जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबास देखि अर्मादी सम्म अलपत्र रहेको ट्रयाक ओपन कार्य भदौ महिनाभित्रै सकिने भएको छ ।
दुई बर्ष अघि नै ट्रयाक खुलिसक्नुपर्ने सडकको काम भदौ सम्म सक्ने गरि शुरु भएको हो ।
सडक निर्मााणको जिम्मा लिएको सुर्य कन्ट्रक्सन कम्पनीले भदौ भित्रै सडकको ट्रयाक ओपन सक्ने गरि काम शुरु भएको कालीगण्डकी करिडोर गाईघाट– मालढुंगा आयोजना कार्यालयले जानकारी दिएको छ ।
करिडोरको फलेबास नगरपालिकाको ढिक देखि कुस्मा नगरपालिकाको अर्मादी सम्म १४ किमि सडक मध्ये झण्डै २ सय मिटर मात्रै भिरमा ट्रयाक ओपनको काम बाँकी छ ।
अर्मादी – फलेबास खण्डमा मोदीबेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुलपारी फलेवास तर्फ झण्डै ५० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।
‘भदौ महिनाभित्रै ट्रयाक खोलिसक्ने गरि मोदी वारी र पारीबाट काम शुरु गरेका छौ’ निर्माण कम्पनीका प्रतिनिधी दिपक रैसवालले भने।
२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त खण्ड लामो समय सम्म अलपत्र बनेको थियो ।
पछिल्लो समय कोभिड १९ का कारण आगामी पौष सम्म म्याद थप गरिएको छ । अहिले ट्रयाक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिएको छ ।
करिडोर कार्यालयका साइड इन्र्चाज इन्जिनियर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादी देखि स्याङ्गजाको सेतीबेणी सम्मको ५३
किमि मध्ये मिर्मी देखि सेतीबेणी सम्मको ७ किमीमा सडक कालोपत्रेको टेण्डर भैसकेको भने सेतीबेणी देखि रानीपानी सम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ ।
रानीपानी देखि फलेबास सम्मको २२ किमीमा स्तरोन्न्तीको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आब्हान हुने अबस्था छ ।
पर्वतको फलेबास अर्मादी खण्डको अलपत्र काम शुरु गर्न गण्डकी प्रदेशका मन्त्री बिकास लम्सालको बिशेष पहलपछि काम थालिएको छ ।
पााल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार सडकको ट्रयाक खुलेपछि पर्वतको मालढुंगा देखि स्याङ्गजाको मिर्मी सम्म ५३ किलोमिटरमा सोझै यातयात चल्नका लागि मार्ग प्रशस्त हुनेछ ।
यो आर्थिक बर्ष भित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधिन पुल सम्पन्न गरि अर्मादी देखि मिर्मी सम्म सोझै यातयात सञ्चालन गर्ने लक्ष्य सहित काम भैरहेको छ ।
Related