पोखराको लामेआहालको प्रतिक्षालयमा महिलाको शव भेटियो शुभेच्छा न्यूज /८ भाद्र २०७७, सोमबार १४:१९ , प्रकाशीत पोखरा लामेआहालको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ । महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । पृथ्वीराजमार्गसँग जोडिए लामेआहालको सडक किनारामा रहेको यात्रु प्रतिक्षामा अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो । सोमबार विहान साढे ८ बजे शव प्रतिक्षालयमा रहेको खबर प्रहरीलाई पुगेको थियो । घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । ‘शव कपडाले बेरिएको अवस्थामा भेटिएको डाँडाकोनाक कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । नाक र मुखमा रगत लतपतिएको अबस्थामा शब भेटिएको हो । पोस्टमार्टम पछि मात्र घटनाबारे थप खुल्ने रानाभाटले बताए । शवमा बाहिरी भागमा देखिने चोट नभएको प्रहरीले जनाएको छ। घटनाका वारेमा आबस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा लामेआहालको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ ।
महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
पृथ्वीराजमार्गसँग जोडिए लामेआहालको सडक किनारामा रहेको यात्रु प्रतिक्षामा अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो ।
सोमबार विहान साढे ८ बजे शव प्रतिक्षालयमा रहेको खबर प्रहरीलाई पुगेको थियो ।
घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय डाँडाकोनाक टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।
‘शव कपडाले बेरिएको अवस्थामा भेटिएको डाँडाकोनाक कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
नाक र मुखमा रगत लतपतिएको अबस्थामा शब भेटिएको हो । पोस्टमार्टम पछि मात्र घटनाबारे थप खुल्ने रानाभाटले बताए ।
शवमा बाहिरी भागमा देखिने चोट नभएको प्रहरीले जनाएको छ।
घटनाका वारेमा आबस्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
Related