कोरोना संक्रमणका कारण ८ को मृत्यु,हालसम्म ज्यान गुमाउनेको संख्या १५७ पुग्यो
तपाईको प्रतिक्रिया





नेपालमा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार आज सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८
वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष रहेका छन् ।
Related