स्याङ्जा अस्पतालका ७१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
"कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मी र कर्मचारी सहित ७१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ "
तपाईको प्रतिक्रिया





जिल्ला अस्पताल स्याङ्जाका कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मी र कर्मचारी सहित ७१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
अस्पतालमा उपचाररत एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै गत मंगलबारदेखि अस्पताल सिल गरि सवैको स्वाब परिक्षणका लागि लिइएको थियो।
कारागारमा बस्दै आएका ६० वर्षीय ती पुरुषमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल पु¥याउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन संचालक, सुरक्षाकर्मी
लगायतको कन्ट्याक्ट ट्रेसिङपछि गरिएको ७१ जनाको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेनडेण्ट डा. शुशिल मरासीनीले जानकारी दिए ।
सेल्फ क्वारेन्टाइनमा बसेका ७१ जनाको नमूना स्वाब संकलन गरी प्रादेशिक कार्यालय पोखरा पठाइएकोमा आइतबार साँझ उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालको निर्मलीकरणसहित सम्बन्धित चिकित्सक टोलीलाई सेल्फ क्वारेन्टाइनमा बस्नेगरी एक साताका लागि सिल गरिएको थियो।
मंगलबार समयावधि सकिने भएपनि सोमबारदेखि नै सेवा उपलब्ध गराइने अस्पतालका प्रवक्ता डा. अन्जु अर्यालले जानकारी दिइन् ।
Related