ठुलो परिमाणको अवैध जडीबुटीसहित एक महिला पक्राउ सुभेक्षा न्युज /८ भाद्र २०७७, सोमबार १८:१५ , प्रकाशीत जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ । अवैध जंगली जडीबुटीसहित आइतबार लमजुङको बेसीसहर नगरपालिका–७ मा बस्दै आएकी ३८ वर्षिया सिद्धीमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण रानाका अनुसार तामाङलाई घरमा अवैध रूपमा जंगली जडीबुटी लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले तामाङको घरमा छापा मारेको थियो । खानतलासीका क्रममा विभिन्न प्रजातीका अवैध जंगली जडीबुटी बरामद गरेको हो। एसएसपी रानाका अनुसार, जडीबुटी डालिङ (गुरुङ भाषामा टलिट भनिने) ४७६ किलो १ सय ग्राम, वन लसुन १ सय ५४ किलो, कुड्की २४ किलो ६ सय ग्राम, जटामसी १४ किलो ९ सय ग्राम, सुगन्धवाल १८ किलो ३ सय ग्राम, सतुवा ४ किलो ४ सय ग्राम र वन आलु २ किलो ८ सय ग्राम गरी जम्मा ६ सय ९५ किलो १ सय ग्राम जडीबुटी नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी तामाङसहित बरामद भएका जडीबुटीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको अवैध जंगली जडीबुटीसहित एक महिलालाई पक्राउ गरेको छ ।
अवैध जंगली जडीबुटीसहित आइतबार लमजुङको बेसीसहर नगरपालिका–७ मा बस्दै आएकी ३८ वर्षिया सिद्धीमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण रानाका अनुसार तामाङलाई घरमा अवैध रूपमा जंगली जडीबुटी
लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले तामाङको घरमा छापा मारेको थियो ।
खानतलासीका क्रममा विभिन्न प्रजातीका अवैध जंगली जडीबुटी बरामद गरेको हो।
एसएसपी रानाका अनुसार, जडीबुटी डालिङ (गुरुङ भाषामा टलिट भनिने) ४७६ किलो १ सय ग्राम, वन लसुन १ सय ५४ किलो,
कुड्की २४ किलो ६ सय ग्राम, जटामसी १४ किलो ९ सय ग्राम, सुगन्धवाल १८ किलो ३ सय ग्राम, सतुवा ४ किलो ४ सय ग्राम र
वन आलु २ किलो ८ सय ग्राम गरी जम्मा ६ सय ९५ किलो १ सय ग्राम जडीबुटी नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी तामाङसहित बरामद भएका जडीबुटीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ ।
Related