गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमीत थपिए, संक्रमितको संख्या १ हजार ९१३
तपाईको प्रतिक्रिया





कास्की । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका ३ जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
निर्देशक डा.शर्माका अनुसार हिमाल पारिको जिल्ला मनाङमा २, पर्वत २ र बाग्लुङमा १ जना रहेका छन्।
मनाङमा सुरुमा १ जनामा कोरोना संक्रमण देखिएपनि उनी संक्रमण मुक्त भएपछि लामो समय सम्म संक्रमण मुक्त भएपछि क्रमश यती बेला कोरोना संक्रमित बढ्दै गएका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा.शर्माले बताए।
गण्डकी प्रदेशका सक्रिय संक्रमितको संख्या २ सय ६६ रहेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय १२ जना घर फर्किएका छन् ।
Related