आफु प्रहरीको इन्स्पेक्टर भएको दाबी गर्दै मेडिकल संचालकलाई अपहरण गरेको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सन्दिप देवान उर्फ समिप मगर र गणेश दर्जी उर्फ डनदाई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुले सुनसरीको रामधुनी नगरपालिका–५ लगौनाचोकको डायमण्ड कम्प्लेक्सस्थित एक मेडिकलका संचालकलाई शुक्रवार साँझ अपहरण गरेर बन्धक बनाएको आरोप प्रहरीले लगाएको छ।
पक्राउ परेका दर्जीले मेडिकल संचालकलाई शुक्रबार साँझ फोन गरेर ‘म ईप्रका धरानको इन्सपेक्टर हुँ, तिमीले धरानमा गल्ती गरेका रहेछौ’ भन्दै धम्क्याउँदै तीन लाख रुपैयाँ मागेका थिए ।
सन्दिप र गणेशले औषधी पसलेलाई ‘भोलिपल्ट तीन लाख २० हजार रुपैयाँ दिनुपर्ने’ शर्तमा नागरिकता, लाइसेन्स र मेडिकल दर्ता प्रमाणपत्र लिएर खाली कागजमा औठाछाप लगाएर छाडेका थिए ।
भोलिपल्ट अघिल्लो दिनको शर्त अनुसार पैसा बुझ्न लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बतिएको छ।
उनीहरुविरुद्ध आपराधिक लाभ मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related