धाक धम्की र चन्दा असुलीको आरोपमा ललित गुरुङ सहित तीन पक्राउ
/२५ चैत्र २०७४, आईतवार ११:४० , प्रकाशीत
पोखरा, २५ चैत । पोखरामा प्रदेश सभासांसद लगायतका केही ब्यवसायी संग रकम मागेको घट्ना सेलाउन नपाउदै फेरी केही व्यक्तिलाई धाक धम्की दिई चन्दा असुली गरेको आरोपमा कास्की प्रहरीले ललित गुरुङ सहित तीन जनालाई पक्राउ गरेको छ ।
चन्दा माग गर्दै धाकधम्की दिएको गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा १२ का ३४ बर्षियका ललित गुरुङ सहित पोखराका १२ शितलादेवीका २६ बर्षिय दिपेन्द्र परियार र पोखरा ५ मालेपाटनका २५ बर्षिय संगम थापा रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि गुरुङ पटकपटक पक्राउ पर्दै आएका थिए । बीचमा केही समय पहिले देखि उनी सुध्रिएको प्रहरीले बताउदै आएको थियो। तर, लामो समय पछि फेरी गुरुङले पुरानै गतिविधि ओहोराएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।आइतबार नै म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Related