गण्डकी प्रदेशमा ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाग्यो
"प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा नवलपुर जिल्लामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहिबार बिहानमात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा २५ जना नयाँ संक्रमित वपिएका थिए। यो संग गण्डकीमा बिहिबार ५२ जनामा संक्रमण पुष्टि भएको छ।आजै पोखरामा १ जना महिलाको समेत संक्रमणका कारण मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले नवलपुरको गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउपालिकामा थप संक्रमित भेटिएको जानकारी दिए।
उनका अनुसार गैडाकोटमा १७ जना, कावासेतीमा ७ जना र विनयी त्रिवेण गाउपालिकामा ३ जनामा संक्रमण देखिएको हो ।
बिहिबार नवलपुर सहित ५ जिल्लामा २५ जना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयले बिहान सार्वजनिक गरेको तथ्याङकमा नवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसहित नवलपुरमा एकैदिन ३० जना संक्रमित भेटिएका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् ।
यो तथ्याङक अनुसार गण्डकीमा निको हुने दर ८३।३९ प्रतिशत छ । बिहिबार थप एक जना सहति प्रदेशभर ९ जनाको मृत्यु भएको छ ।
Related