पोखरामा कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्त्यष्टि
"महिलाको शबलाइ नेपाली सेनाको टोलीले पोखरा २८ मजुवामा ब्यवस्थापन "
तपाईको प्रतिक्रिया





कोरोना संक्रमणका कारण उपचारका क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको महिलाको अन्त्येष्टि गरिएको छ।
बिहिबार बिहान मृत्यु भएकी पोखरा महानगरपालिका–१२ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको शबलाइ नेपाली सेनाको टोलीले पोखरा २८ मजुवामा ब्यवस्थापन गरेको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहिबार बिहान ८ बजे मृत्यु भएको थियो।
उनी करिब २ साता अघि बिरामी भएपछि पोखरास्थित रहेका अर्जना अस्पताल रानीपौवा, मणिपाल अस्पताल, कास्की सेवा अस्पताल हुदै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेकी थिइन।
उनको गत भाद्र ६ गते सेवा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालका रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको थियो।
गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कास्कीमा ३, स्याङ्जामा २, गोरखा, तनहुँ, बाग्लुङ र म्याग्दीमा १।१ जनाको मृत्यु भएको छ।
Related