पोखराका २ प्रहरी सहित गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमीत थपिए, संक्रमितको संख्या २ हजार २२
"संक्रमितको संख्या २ हजार २२ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा पोखराका २ पर्यटन प्रहरी सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदविन्दु शर्माले गण्डकी प्रदेशका तनहुँमा ४, कास्की ३,लमजुङ २ र नवलपुर पुर्वमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।
पोखराको लेकसाइडस्थित रहेको पर्यटन प्रहरी कार्यलयका २८ र २९ वर्षका २ पर्यटक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी पोखरा वडानं।३० का ५० वर्षीया एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा।शर्माले बताए।
निर्देशक डा। शर्माका अनुसार नवलपरासी पूर्वमा ८ जना, लमजुङमा २ र तनहूँमा ४ जनामा संक्रमण भएको छ। योसंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ जना पुगेको छ।
संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए।
गण्डकी प्रदेशमा निको भएर घर फर्किनेको संख्या १ हजार ६ सय ७२ जना ९८२।६९ प्रतिशत० रहेको डा। शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
Related