• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१३ भाद्र २०७७, शनिबार ०९:१८ ,  प्रकाशीत
  • आज विक्रम सम्बत २०७७ भाद्र १३ गते शनिवार। इश्वी सम्बत २०२० अगस्ट २९ तारिख । नेपाल सम्वत् ११४० ञलाथ्व ।

    भाद्र शुक्लपक्ष एकादशी, ०९:४० बजे उप्रान्त द्वादशी । आज हरिपरिवर्तिनी एकादशी व्रत । नक्षत्र : पूर्वाषाढा , १५:१६ बजे उप्रान्त उत्तराषाढा । करण: भद्रा ०९:४० बजेदेखि वव, २१:१३ बजे उप्रान्त तैतिल ।

    योग : आयुष्मान् , १७:५५ बजे उप्रान्त सौभाग्य ।

    आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २६ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ–

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज तपाईंको स्वास्थ्य दुरुस्त रहने सम्भावना छ । राम्रो स्वास्थ्यका कारण तपाईं आज आफ्ना साथीहरुसँग खेल्न जाने योजना बनाउन सक्नुहुन्छ ।

    विभिन्न क्षेत्रमा गरिएको लगानीबाट आज राम्रो प्रतिफल प्राप्त गर्न सक्ने योग छ । सामाजिक उत्सव तथा धार्मिक कार्यक्रममा सहभागी हुने मौका मिल्ने छ ।

    वैवाहिक सम्बन्ध पनि थप समधुर बन्ने योग छ । कुनै पनि योजना नबनाएको अवस्थामा प्राप्त अवसर गुम्ने खतरा पनि छ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    नयाँ तथा पुराना साथीहरुसँगको समय राम्रो बित्ने छ । तपाईंलाई आज अनपेक्षित ठाउँ तथा स्रोतबाट धन लाभ हुने सम्भावना छ ।

    मानसिक रुपमा भने तपाईंलाई कामका कारण केही तनाव झेल्नुपर्ने हुन सक्छ । जीवनसाथीसँगको सम्बन्धमा थप नयाँपन मिल्ने छ ।

    मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। साँझतिर साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    शारीरिक रुपमा आलश्यता बढ्ने छ । आज तपाईंलाई आरामको जरुरत पर्न सक्छ । कुनै पनि काम गर्ने आँट नआउन सक्छ ।

    पहिलेदेखि नै देखिएको निर्णय क्षमताको कमिले पुन: समस्यामा पार्न सक्छ ।

    आर्थिक लेनदेनमा पनि सावधानी अपनाउनु होला । जीवनसाथीसँग अनावश्यक कुरामा निहुँ खोज्ने समस्याबाट जोगिनु होला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । यसकारण अनावश्यक खानेकुराबाट बच्नुहोला ।

    मनमा छिट्टै धन कमाउने सोचको विकास हुन सक्छ । धन कमाउने लालसाका कारण अनावश्यक क्षेत्रमा लगानी गर्नबाट बच्नुहोला ।

    दाम्पत्य जीवन भने सुखमय हुने छ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आर्थिक रुपमा आजको दिन तपाईंका लागि केही लाभदायक सिद्ध हुन सक्छ । तर, कामको तनाव बढ्न सक्छ ।

    तनावका बीच पनि कार्यक्षेत्रमा आज राम्रोसँग कार्यसम्पादन गर्नसक्ने योग छ ।

    अधिक आत्मविश्वासले भने केही हानी पुर्‍याउन सक्छ । पारिवारिक रुपमा आज प्रेम र सहयोग प्राप्त हुने योग छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    साथीहरुसँग अनावश्यक कुरामा विवाद हुन सक्छ । तुरुन्तै आवेसमा आउने बानीले समस्यामा पार्न सक्छ ।

    आर्थिक रुपमा आजको दिन लाभदायक रहेन छ । अन्य हिसावले पनि आजको दिन तपाईंका लागि फाइदाजनक नै रहने छ ।

    मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ/

    सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।

    व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्गे लाभ मिल्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    पुराना समस्याले फेरि उल्झनमा पर्न सक्ने खतरा छ । आजको दिन तपाईंका लागि आराम गर्नु नै उपयुक्त हुने छ ।

    साथीहरुसँगको सहकार्यमा कुनै काम गर्नुभएको छ भने त्यसबाट राम्रै लाभ हासिल होला । आवश्यकता पर्दा साथीहरुको सहयोग पनि प्राप्त हुने छ । कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुने छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    आज सकभर कुनै यात्रा नगर्नुहोस् । यात्रा गर्नैपर्ने अवस्थामा पनि सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु होला ।

    मदिरा र धुम्रपानमा धेरै पैसा खर्च हुन सक्छ । जसका कारण तपाईंको स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ ।

    चााँदीको चम्चा या चाँदीको थालीमा भोजन गर्दा तपाईंको दैनिकीका लागि फाइदाजनक हुने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ ।

    पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान-सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ ।

    आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    आजको दिन तपाईंले आराम गर्नु नै राम्रो हुने छ । खानपानमा पनि विशेष ध्यान पुर्‍याउनु आवश्यक हुने छ ।

    आजको दिन भुलेर पनि कसैलाई ऋण नदिनुहोला । साथै उधारो कारोबार गर्दा व्यवसायमा घाटा व्यहोर्नुपर्ने हुन सक्छ ।

    आज तपाईंले आध्यात्मिक चिन्तनबाट आत्मिक शान्ति प्राप्त गर्न सक्नुहुनेछ ।

    जीवनसाथीसँगको समय भने आज तपाईंका लागि अविस्मरणीय हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.