चोरीमा गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट १ दम्पतिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा १२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले गत भाद्र १० गते रातको समयमा पोखरा महानगरपालिका -१३ गौंडाकोमुख स्थित जयगङ्गामार्ग घर भइ हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोखरेलको दुईतल्ले घरको चावी फोडेर घरभित्र रहेका ४२ इन्चको एलजी स्मार्ट टिभी १
थान, क्यानन क्यामारा १ थान, मोवाइल १ थान सहित कुकर, भाडावर्तन, लत्ताकपडा समेत गरी अन्दाजी एक लाख पन्चानब्बे हजार पांच सय पचास बराबरको सामान चोरी गरेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चोरी गरेका सामान सहित गत भाद्र ११ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका मुद्दा कसुरमा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

Related