समुदायमा उच्च जोखिममा रहेकाहरूको परीक्षण गर्न नेता गगन थापाको आग्रह
"जोखिमयुक्त समूहको पहिचान गरी व्यापक परीक्षण गर्न सरकारसँग आग्रह "
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले जोखिमयुक्त समूहको पहिचान गरी व्यापक परीक्षण गर्न सरकारसँग आग्रह गरेका छन्।
कन्ट्याक्ट ट्रेसिङका अतिरिक्त जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण बढाउन उनले आग्रह गरेका हुन्।
स्थानीय सरकारसँगको समन्वयमा जोखिमयुक्त समूहको पहिचान गरी निषेधाज्ञाको अवधिमा हजारौँको परीक्षण गर्न उनको आग्रह छ।
जाखिमयुक्त क्षेत्रका बासिन्दालाई परीक्षण गर्दा थप जोखिम हट्ने उनले बताए। आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतको बुढानीलकण्ठ नगरपालिकामा उच्च जोखिममा रहेकालाई परीक्षण गर्दा थप संक्रमण विस्तार हुन रोकिएको उनले तथ्य प्रस्तुत गरेका छन्।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको साथै उच्च जोखिममा रहेका समूहको पनि पहिचान गरि परीक्षण गर्दा ५१४ जनामा ६५ जनामा पोजेटिभ देखिएको बताए।
त्यसमध्ये जोखिमयुक्त व्यक्तिको पहिचान गरि परीक्षण हुँदा ३८ जना कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्ति भएको उनले बताए।
Related