जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा पार्किङ गरेर राखेका गाडीहरूको ब्याट्री चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १४ स्थित खसिबजारमा पार्किङ गरेर राखेका ४ वटा ट्रकहरुको ब्याट्री चोरी गर्ने ५ जनाको गिरोह पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा बाँके घर भई पोखरा–१४ हवेलीमार्ग बस्ने २४ वर्षीय कमल पुन, दाङ घर भई सोही ठाउँ बस्ने विनोद भन्ने अजय
चौधरी,धादिङका २५ वर्षीय पूर्णबहादुर माझी, भारत घर भई पोखरा वुद्धचोक बस्ने दिनेश शाह र भारतकै विनोदप्रसाद जैसवाल रहेका छन् ।
डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट ५ थान ब्याट्री समेत बरामद गरेको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ब्याट्रीसहित पक्राउ गरिएको छ।
पक्राउ परेकाहरु बिरुद्ध चोरी कसुरमा म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Related