गण्डकीमा २० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार १५७
"संक्रमितको कुल संख्या २१ सय ५७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा साेमबार दिउँसाे २ बजेसम्ममा २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले साेमबार बिहान र दिउँसाे गरेर २ पटक प्रेस विज्ञप्ति जारी गर्दै २० जना थपिएका संक्रमितकाे ठेगाना र विवरण सार्वजनिक गरेकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार लमजुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा १२ पुरुष र ८ जना महिला छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २१ सय ५७ पुगेको छ । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्कीका ५, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १/१ जना रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमण मुक्त भएर १ हजार ६६५ जना घर फर्किएका छन् ।
Related